राजु र थोकफेलाको पालाम ‘लुङमासो पहिम’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु र थोकफेलाको पालाम ‘लुङमासो पहिम’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ३०, माङसेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे र गायीका थोकफेला लिङदेनको आवाजमा पालाम ‘लुङमासो पहिम’ सार्वजनिक गरिएको छ ।

रोहित मादेनको शब्द संकलन तथा इन्द्रशुसिल लिम्बूको लय संकलनमा तिर्सना नेम्वाङ र तानाम तान्छो लावतीको समेत आवाज रहेको पालाम ‘लुङमासो पहिम’ सिमिक्लुङ दर्पण अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्ड गरिएको पालामलाई राजु कार्कीले मिक्सिङ गरेका हुन् ।

शिर कुमार साम्पाङ राईको छायांकन, सम्पादन तथा कलर रहेको भिडियोमा कणर् बहादुर राई, चन्दा नुमा पतंवा, दिल कुमार अन्छङबो, गंगा लिम्बू, भवानी प्रसाद जबेगु, शान्त कुमारी लिम्बू, चित्र माया सम्बाहाङफे, यमुना तवेवुङ लिम्बू, रनजित बोखिम राई, कुमार तुम्रोक, थोकफेला लिङदेन, बिकल आङदेम्बे, मंगल कुमारी लिम्बू, मिराक चाम्लीङ राई, लोकदीप रावाली राई र प्रमीला अन्छङबो लगायतको अभिनय रहेको छ ।

इन्द्रशुसिल लिम्बूको निर्देशन तथा कणर्बहादुर चाम्लीङ राईको निर्माणमा महेश सिग्देलको मेकअप रहेको भिडियोमा जि.एम. प्रडक्शन प्रा.लि.को पोष्ट प्रडक्शन रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर