स्वस्तिका सावदेनलाई बेष्ट डेव्यूट सिंगर क्वालिटी इन्टरटेन्मेन्ट आवार्ड - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्वस्तिका सावदेनलाई बेष्ट डेव्यूट सिंगर क्वालिटी इन्टरटेन्मेन्ट आवार्ड

मंसिर १, माङसेबुङ । गायीका स्वस्तिका सावदेन लिम्बूलाई लिम्बू भाषिक बिधाबाट बेष्ट डेव्यूट सिंगर क्वालीटी इन्टरटेन्मेन्ट आवार्ड २०७९ प्रदान गरिएको छ ।

क्वालिटी फिल्मस् पा.लि.को आयोजनामा गत कातिक २१ गते रष्ट्रिय नाच घर काठमाडौंमा आयोजित अवार्ड बितरण कार्यक्रममा सावदेनलाई सो अवार्ड प्रदान गरिएको हो ।

सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई सम्मान भन्ने श्लोगानका साथ आयोजना गरिएको क्वालीटी इन्टरटेन्मेन्ट आवार्ड २०७९ बितरण कार्यक्रममा पोगिरो नालीफुङवा बोलको गीतबाट गायीका स्वस्तिका सावदेनलाई बेष्ट डेव्यूट सिंगर अवार्ड प्रदान गरिएको हो ।

यसैगरि साहित्यकार सेसेमी से नाल्बो, बाल गायीका रुक्साना लिम्बू र गायक तथा संगीतकार राज शुक्र लिम्बलाई पनि क्वालीटी इन्टरटेन्मेन्ट आवार्ड २०७९ प्रदान गरिएको छ ।

बाल गायीका रुक्साना लिम्बूलाई लिम्बू भाषा गायन बिधाबाट र सेसेमी से नाल्बोलाई भाषा साहित्य गीत लेखन बिधाबाट सो अवार्ड प्रदान गरिएको छ ।

यूतै राज शुक्र लिम्बलाई नेपाली शब्द, संगीत र गायन बिधाबाट सो अवार्ड प्रदान गरिएको छ ।

सम्बन्धित खवर