‘सुपर डान्सर नेपाल’को उपाधि सिद्धार्थ र मिङ्माको जोडी ‘सिड्मिङ’लाई - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘सुपर डान्सर नेपाल’को उपाधि सिद्धार्थ र मिङ्माको जोडी ‘सिड्मिङ’लाई

मंसिर ३, माङसेबुङ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठ र सुपर गुरु मिङ्मा डी लेप्चाको जोडी टीम ‘सिड्मिङ’ले जितेको छ ।

शुक्रबार राती भएको सुपर फिनालेमा सिद्धार्थ र मिङ्मा सोे उपाधि जितेका हुन् । उपाधि जितेसँगै १५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार पनि टीम ‘सिड्मिङ’ले जितेका छन् ।

हरेक हप्ताको बिहिबार र शुक्रबार राति प्रशारण भईरहेको बालबालिकाले नृत्य प्रतिभा प्रस्तुत गरेको उक्त रियालिटी शोलाई भूषण दाहालले निर्देशन गरेका थिए ।

शो को जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई थिए । तर, भुवनले बीचमै शो छाडेका थिए । फिनालेमा पनि उनी देखिएनन् ।

 

सम्बन्धित खवर