निर्वाचन अपडेट : ललितपुर २ बाट प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, महर्जन विजयी - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : ललितपुर २ बाट प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, महर्जन विजयी

मंसिर ५, काटमाडौं । ललितपुर क्षेत्र २ बाट प्रतिनिधिसभामा नेकपा एमालेले खाता खोलेको छ । ललितपुर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन् ।

मतगणनाको अन्तिम मत परिणाम अनुसार महर्जन १९ हजार ७ सय ३४ मत ल्याएर विजयी भएका हुन् ।

हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएर पराजित भएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १ सय ३६ मत, नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजाकर ५ सय ३९ मत र राप्रपाका रघुवरराज थापाले ७ हजार ७ सय ९९ मत ल्याएका छन् ।

निर्वाचन आयोगले विजयी भएको घोषणा गर्न बाँकी रहेको छ ।

सम्बन्धित खवर