निर्वाचन अपडेट : गगन थापाको काठमाडौं ४ मा ह्याट्रिक जित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : गगन थापाको काठमाडौं ४ मा ह्याट्रिक जित

मंसिर ६, काठमाडौं । काठमाडौं–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् ।

थापाले फराकिलो मतान्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४ सय ४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३ सय २ मत पाए भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ८ सय ५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । यस्तै ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।

सम्बन्धित खवर