भुपेन्द्रको निर्देशनमा रासि र रुक्सानाको ‘भुइसोरी ढोगे है’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको निर्देशनमा रासि र रुक्सानाको ‘भुइसोरी ढोगे है’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर १०, माङसेबुङ । मोडल छायांकार हुदैं निर्दैशनमा समेत पोख्त रहेको छायांकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेको निर्देशनमा द भ्वाईस अफ किडस् नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक गीत ‘भुइसोरी ढोगे है’ किड भर्जन सार्वजनिक गरिएको छ ।

दिनेश माङमुको कोरियोग्राफीमा सञ्चारकर्मी तथा मोडल सिर्जना निङलेकु लिम्बूको छोरी रासि लिम्बू र रुक्साना लिम्बूद्वारा अभिनित पुर्वेली लोक भाकामा सजिएको गीत ‘भुइसोरी ढोगे है’ को किड भर्जन भिडियो मोडल सिर्जना निङलेकुको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार संजिब पारदर्शी राईको शव्द तथा संगीतकार डी आर अटुको संगीतमा लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आवाजमा मोडल सिर्जना निङ्लेकुको अभिनयलाई यस अघिनै दर्शक स्रोताले औधी मन पराएको छ ।

लिम्बुनि र राईनी बाल मित्रतालाई प्रस्तुत गरिएको भिडियोमा लिम्बू र राईको कला संस्कृतिलाई समेत उजागर गर्न खोजिएको बाल गायिका रुक्साना लिम्बु र रासि लिम्बु को यो प्रस्तुति दर्शक स्रोतको लागि मिठो कोसेली बनेको छ ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शनमा कल्पना लिम्बू र आयुसा श्रेष्ठको सृङगार रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ ।

राजु कार्कीको संगीत संयोजनमा स्टुडियो लिम्दुमी कृएशनमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर