इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्बाङ विजयी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्बाङ विजयी

मंसिर ११, इलाम । इलाम २ बाट नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ विजयी भएका छन् ।

गएराती सम्पन्न मतगणनामा नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई १ सय १४ मत अन्तरले पराजित गर्दै नेम्बाङ बिजयी भएका हुन् ।

६९ हजार ८५ मत खसेको नेम्बाङले ३० हजार २० मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिष्पर्धी खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।

नेम्बाङको सो क्षेत्रबाट संसदीय चुनावी यात्राको लगातार पाँचौं जित हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् ।

 

सम्बन्धित खवर