मौसम र पुष्पाञ्जली अभिनित ब्रबिम र गांगाको ‘लुखुरी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मौसम र पुष्पाञ्जली अभिनित ब्रबिम र गांगाको ‘लुखुरी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर १३, माङसेबुङ । लोकप्रिय गायक ब्रबिम सेर्मा र लोकप्रिय गायीका गंगा फियाकको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको गीत ‘लुखुरी’ सार्वजनिक गरिएको छ ।

दिनेश माङमु लिम्बूको कोरियोग्रफी तथा निर्देशनमा मौसम इम्बुङ लिम्बू (फुलेन्देको बाउ) र पुष्पाञ्जली तिलिङ लिम्बू (चाप्पेतीको आमा)को अभिनय रहेको गीत ‘लुखुरी’को भिडियो गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार नेम खापुङ लिम्बूको शव्द संगीतकार डिल्ली बिक्रम सेर्माको संगीत तथा मुस्कान मुकारुङको संगीत संयोजन रहेको गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

शैलेन्द्र नाल्बो लिम्बूको निर्माणमा सुमन तामाङको छायांकन तथा ड्रोनमा कृष्ण सुबेदीको मेकअप र सुमन राईको कला निर्देशन रहेको भिडियोमा बिकास धमलाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर