यादन सेर्माको आवाजमा किरात भजन ‘तानाम’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन सेर्माको आवाजमा किरात भजन ‘तानाम’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर १५, माङसेबुङ । गायक तथा संगीतकार यादन सेर्मा लिम्बूको सुमधुर आवजमा किरत भजन ‘तानाम’ (माङसिवा खाहुन) सार्वजनिक गरिएको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङद्वारा प्रदान गरिएको माङ आशीर्वचन ‘तानाम’ (किरात भजन) यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

यादन सेर्माको लय संकलन तथा पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको किारत भजनको भिडियो कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् ।

गायक सेर्माको आवाजमा यस अघि पनि थुप्रै किरात भजनहरु सर्वजनिक भईसकेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर