‘मलाई दिने माया’ लिएर आए तारा, एकान्त र नसान (भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘मलाई दिने माया’ लिएर आए तारा, एकान्त र नसान (भिडियो सहित)

मंसिंर २३, माङसेबुङ । उम्दा गायीका तारा लिङदेन लिम्बूको समधुर आवाजमा र अभिनयमा सजिएको मनछुने आधुनीक गीत ‘मलाई दिने माया’ सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्द तथा एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको मनछुने गीत ‘मलाई दिने माया’ चित्र मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

त्रिकोणात्मक प्रेम तथा ट्राजेडी प्रेम कथामा प्रस्तुत गरिएको चित्र मिडियाले तयार पारेको भिडियोमा तारा लिङदेनसँगै सुरेश राई र आशा योञ्जनले अभिनय गरेका छन् भने सुनिता लावतीको मेकअप रहेको छ ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर