पुर्वेली लोक भाका ‘फुङसेङ बजार’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्वेली लोक भाका ‘फुङसेङ बजार’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस ७, माङसेबुङ । पुर्वेली संस्कार संस्कृति बोकेको पान्थर र इलामको सिमाना र फुङसेङ बजारको ऐतिहासिकता झाल्काउने पुर्वेली लोक भाकामा सजिएको गीत ‘फुङसेङ बजार’ सार्वजनिक गरिएको छ ।

गीतकार सुवर्ण नेम्बाङको शव्द संकलन तथा गायक तथा संगीतकार यादन सेर्माको लय संकलन रहेको पुर्वेली लोक भाकामा सजिएको गीत ‘फुङसेङ बजार’ मा गायकद्वय यादन सेर्मा र हरी सेर्मा साथै गायीकाद्वय चन्द्रकला राई र सीता कुरुम्बाङको आवाज रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियो काठमाडौं र संगीत महल कतारमा रेकर्ड गरिएको गीतको छायांकन कृष्ण थलङ र निरज थापाले गरेका छन् भने सम्पादन समेत कृष्ण थलङको रहेको छ ।

माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाईलाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर