‘गठबन्धन जस्तै भो’ र ‘फेदेन’ : कवि सुक योङहाङ - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘गठबन्धन जस्तै भो’ र ‘फेदेन’ : कवि सुक योङहाङ

  • कवि सुक योङहाङ

गठबन्धन जस्तै भो

थाहा भएकै हो
तिम्रो मेरो
विचार फरक छ
सिद्धान्त फरक छ ।

तर, पनि
आफ्नै आफ्नै
तिम्रो स्वार्थमा
मेरो स्वार्थमा
मेलमिलाप भएकै हो
सम्झौता भएकै हो
शान्तीको कामना भएकै हो
एकताको विगुल फुकेकै हो ।

आखिरमा,
गठबन्धन जस्तै भो
हाम्रो प्रेम
कुनै पनि बेला छुट्न सक्छ
कुनै पनि बेला टुट्न सक्छ ।

फेदेन

फेदेन
सुन्दर छ
शान्त छ
महागुरु फाल्गुनन्द
विश्व शान्ति र मानव एकता सिकाउछ ।
सुम्हालुङ
किरात इतिहास पढाउँछ ।
लिम्बुवान गेट
घाम सहेर
पानी सहेर
एक्लै उभि रहेछ ।
प्राप्तिका लागी
लिम्बुवानी जनताको लागि
म पनि उभि रहे ।
हाम्रो निश्चल मायाको लागि
लिम्बुवान गेट जस्तै
तिमी र म जस्तै ।

कचनकवल –७, बालुबाडी, झापा

सम्बन्धित खवर