‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि करण राईलाई - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि करण राईलाई

पुस ८, माङसेबुङ । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुदैं आईरहेको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि करण राईले जितेको छ ।

शुक्रबार राति प्रसारण भएको ग्रेन्ड फिनलेबाट सबिना योङहाङ, योगेस मगर र साहिल लिम्बूलाई पछि पार्दै टिम राजु लामाबाट राईले ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि कव्जा गरेको हो ।

दर्शकको भोटमा आधारमा पथरीशनिश्चरे भुटानी सिबिर क्याम्प हुदै अमेरिका पुगेका राईले भ्वाईसो उपाधि जिते सँगै नगद २५ लाख रुपैया बजाजको पल्सर बाईक लगायत थुप्रै पुरस्कारहरु हात पार्न सफल भएका छन् ।

यस्तै टिम राजेश पायल राईबाट भापाकी सबिना योङहाङ फस्ट रनरअप, टिम प्रमोद खरेलबाट झापाका योगेश मगर सेकेन्ड रनरअप र टीम प्रविशा अधिकारीबाट ताप्लेजुङका साहिल लिम्बू थर्ड रनरअप भएका छन् ।

सम्बन्धित खवर