प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, सोमबार शपथ ग्रहण - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, सोमबार शपथ ग्रहण

पुस १०, माङसेबुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रचण्डले आइतबार आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंह गरि १६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

सम्बन्धित खवर