आज प्रदेश १ का सांसदहरुको शपथ, ५ जनाले मातृभाषामा शपथ लिने - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज प्रदेश १ का सांसदहरुको शपथ, ५ जनाले मातृभाषामा शपथ लिने

पुस ११, दमक । आज सोमबार प्रदेश नं. १ का सांसदले शपथग्रहण लिर्दैछन् ।

प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको जनाएको छ ।

प्रदेश सभामा पाँच जना सांसदहरुले मातृभाषामा शपथ लिने भनेर नाम टिपाएका छन् । मातृभाषामा शपथ लिनेमा पाँचथर (२) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बाले किरात याक्थुङ(लिम्बू) भाषामा शपथ लिने भएका छन् ।

यस्तै इलाम १ (१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, नेकपा (एकीकृत समाजवादी)का पाँचथर (१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ (२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले किरात याक्थुङ(लिम्बू) भाषामा शपथ लिने भएका छन् ।

साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंलाई शपथ खुवाउने छन् ।

त्यसपछि प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् ।

सम्बन्धित खवर