दिनेश माङमुको निर्देशनमा पालाम ‘इच्छिङमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेश माङमुको निर्देशनमा पालाम ‘इच्छिङमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस ११, माङसेबुङ । निदेशक तथा कोरियोग्राफर दिनेश माङमुको निर्देशनमा पालाम ‘इच्छिङमा’ सार्वजनिक गरिएको छ ।

शैलेन्द्र नाल्बोका शव्द तथा लय संकलनमा यासेली योङहाङको शव्द संयोजन रहेको पालाम ‘इच्छिङमा’मा गायक सुमन लिम्बू र गायीका निरन्ता नेम्बाङको आवाज रहेको छ ।

गायीका रोजीना थेगिम र गायक शिव सम्बाहाङफेको समेत आवाज रहेको पालम भिडियोमा पुष्पाञ्जली तिल्ल्ीङ, शैलेन्द्र नाल्बो, रुक्साना लिम्बू, रेखा लावती, दिपेन्द्र नाल्बो, मन बहादुर नाल्बो, एम.के. योङहाङ र विपन तावको अभिनय रहेको छ ।

बुद्ध थापा(एम.बी.ए.)को छायांकन, कृष्ण सुबेदीको मेकअप, राजेन्द्र मोत्तानको कलर रहेको पालाम भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा स्टुडियो किङग्मा रेकर्ड गरिएको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

मेखिमको बेला थाङबेन र मेन्छिन धान नाचेको लिम्बू कला र संस्कृति पस्किन खोजिएको पालाम भिडियो चाप्पेतीको आमा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालम हेर्नुहोस…

 

सम्बन्धित खवर