
कला ऐना हो, आफू रित्तिएर आँशुको माध्यमद्वारा पीडा पिएर अरुलाई छायाँरुपि मनोरञ्जन दिनुनै कला हो बताउने अभिनेता, निर्माता तथा निर्देशक देउकृष्ण देवान लिखा याक्खा कला क्षेत्रमानै संघर्ष गरिरहेका, रमाईरहेका बहु प्रतिभाशाली प्रतिभा हुन् ।
वि.स २०४९ साल तिर काठमाण्डौ नयाँ बानेश्वर, थापागाँउमा रहेको सनसाईन बोर्डिङ स्कुलमा पढ्दा भानुभक्त जयन्ती मनाउने क्रममा दार्जिलिङबाट आउनु भएका शिक्षकद्वारा निर्देशित नेपाली र अग्रेजी नाटकको प्रमुख भूमिकामा अभिनय गर्ने मौका पाएको बताउने देउकृष्ण त्यहीं बाट कलाकारिताको भूत चढेको र यात्रा तय गरेको अविशमरणिय किस्सा सुनाउँछन् ।

२०५५ साल तिर मोरङ टाँडीका दिलकुमार लिम्बू र जयकुमार लिम्बुद्वारा तयार पारिएको नाटक माङसेवुङको लारुम्बामा नाटक प्रतियोगितामा मञ्चन गर्दा दोस्रो स्थान हात पार्न सफल नाटकमा पनि प्रमुख भूमिकामा अभिनय गर्ने मौका पाएपछि भने अभिनय गर्न झनै रूची बढेको र सोही सालमा मेची वोर्डिङ्ग स्कूल दमकमा लेखन, निर्देशन र प्रमुख पात्रको रुपमा अभिनय समेत गरेर अभिनय क्षेत्रमा निरन्तरता दिन थालेको बताउने अभिनेता तथा निर्देशक देउकृष्ण देवान नेपाली चलचित्र ’क्रस फायर’ मा समावेस गीत ’सरलाईसर’ मा चर्चित कोरियोग्राफर गुरू गोविन्द राईले सपोर्टिङ रोलमा अभिनय गर्ने मौका दिनु भएपछि चलचित्रको पर्दामा अभिनय यात्रा सुरू गरेको बताउँछन् ।

‘निर्देशकले पाएको प्रोजेक्टलाई दर्शकको आँखामा भिज्ने खालको सुन्दर बनाउनु पर्छ’ देउकृष्ण भन्छन्, ‘निर्देशकले ना की भिवर्स को ग्यारेन्टी लिन सक्छ ।’ उनी भन्छन्, ‘तर, केही भिडियो मेकर्सहरुले युट्यूवमा भिवर्स नआएको खण्डमा निर्देशकको टाउकोमा लगाउँछ, जुन गलत हो युट्यूवमा कुनै पनि भिडियोले मिलियन भिवर्स कटाउन धेरै कुराहरु हुन्छ । जुन बुझ्न जरुरी छ ।’

देवान भन्छन् नेपालमा धेरै दर्शक छन । तर, दर्शकहरूलाई थिएटरसम्म ल्याउन संचार मन्त्रालय र चलचित्र विकास बोर्ड, चलचित्र संघ र सिनेमाहलहरुले राम्रो नीति ल्याउन भूमिका खेल्नु पर्ने बताउँछन् । नेपालमा रहेको कुल जनसंख्यामध्ये १०% लाई हलसम्ममा ल्याउने वातावरण बनाउनु पर्ने, चलचित्र र सिनेमाहलहरु वर्गीकरण हुनु पर्ने । बक्स अफिसको लागू ब्यवस्तित हुनु पर्ने बताउँने देवानले चलचित्र ’तारेभिर बाटै चलचित्रको पर्दामा अभिनेताको रूपमा अभिनयको यात्रा सुरू गरेका हुन् ।

प्रेम विश्वासको दरिलो गाँठो हो बताउने देवान मुसुक्क हाँस्दै यत्रो उमेर प्रेममा नपरी वितेन होला हैन् हजुर भन्छन् । उमेरले ४० नाघेका देवान, भविष्यमा अभिनय गर्ने अवसर पाए अभिनय गर्ने, नभए भिडियो, सर्ट मुभी, चलचित्रको निर्देशन तथा निर्माण गर्ने अनि स्कृप्ट लेखनमा निरन्तर लागि पर्ने बताउँछन् ।

२०७३ सालमा आफ्नै कम्पनीबाट निर्माण भएको ठूलो पर्दाको चलचित्र ’तारेभिर’ बाट सह निर्देशकको रूपमा काम गर्दै निर्देशनमा हात हालेका देवानले त्यसपछि निर्देशन सम्बन्धि वर्कसप लिएर कालेबुङ्ग निवासी गायक प्रनेस राईको ’कन्चनजंगा’ बोलको गीतको म्यूजिक भिडियोबाट निर्देशकको रुपमा यात्रा अगाडि बढाएका हुन् । पछिल्लो समय देउकृष्ण देवानको निर्देशनमा दर्शक स्रोतहरुले औधी रुचाएको, धेरै मन परएको म्यूजिक भिडियपोहरु ’तमोर सलल’, नयाँ भर्सनमा ’सल्लेरी बनपर्यो’ ‘चिउरी चिल्लो पात’, ‘पुर्वेली बसैमा’ र ‘पानी कुवैको’ गरि हालसम्म डेढ दर्जन भन्दा माथि भिडियोहरूमा निर्देशन गरेका छन् ।

प्रस्तुति : आन्छुमे नसान







