वडा नम्बर २ को शाखा कार्यलय उद्घाटन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडा नम्बर २ को शाखा कार्यलय उद्घाटन

  • शरन केरुङ

पुस १८, माङसेबुङ । माङसेबुङ गाउँपालिका वडा नम्बर २ को शाखा सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

आईतबार सोहि वडाको (चित्रे) गैरीगाउँ टोलमा स्थापना गरिएको शाखा वडा भवनबाट आइतबारदेखि सेवा सुचारु गर्ने गरि उद्घाटन गरिएको हो ।

कार्याक्रमको प्रमुख अतिथि समेत रहेका माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले दिप प्रजलन गरेर शाखा कार्यालयको उद्घाटन् गरेका थिए ।

कार्यक्रममा बिशेष अतिथि माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्वाङ र प्रमुख अतिथि राई लागायत विभिन्न अथितीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

धेरै बर्षदेखि जनताले उठाउदै ल्याएको शाखा सेवा केन्द्र आज पूरा भएको वाडा अध्यक्ष कृष्ण बहादुर बस्नेतले बताए । उनले चुनवी मैदानमा होमिन्दा २ नम्बर वडाका जनतासँग गरेको प्रतिबद्धता साथै आफ्नो एजेन्डाहरु बिस्तारै क्रमश पूरा गर्ने समेत बताए ।

उक्त शाखा सेवा केन्द्रमा हरेक हप्ताको एकदिन सोमबार सेवा प्रादान हुने र यो सखा सेवा केन्द्रबाट खामनुवा, टेलिटार, दहगाउँ, डाडा गाउँ, गैरी गाउँ, चित्रे, साबिक ९, ४ र ५ का सेवाग्राहिहरु लाभान्वित हुने वडाध्यक्ष बस्नेतले बताए ।

कार्यक्रको स्वागत मन्तव्य वडा सदस्य मणि राइले गरे भने कार्यक्रम सञ्चालक वडा सचीव हेमसागर घिमिरेले गरे ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ साविक इभाङ ५ चित्रे निवासी जित बहादुर थापाका दम्पतिले आफ्नो बुवा स्व.कर्ण बहादुर थापा र आमा स्व. मनमाया थापाको स्मृतिमा १ रोपनी क्षेत्रफल भएको जग्गा माङासेबुङ २ नम्बर वडाको शाखा सेवा केन्द्रको कार्यलय सन्चालनको लागि दान गरेको हुन ।

सम्बन्धित खवर