एकान्त, रबि, जीवन र युन्छोनाको ‘भनु कसरी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्त, रबि, जीवन र युन्छोनाको ‘भनु कसरी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १८, माङसेबुङ । मायालुलाई भन्न नसकेको कुरा कसरी भन्ने उपायको खोजिमा रहेका एक प्रेमिको भाव प्रस्तुत गरिएको गीत ‘भनु कसरी’ सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार एकान्त आङदेम्बेको शव्द तथा संगीतमा गायक रवि गहतराजको सुमधुर आवज रहेको गीत ‘भनु कसरी’ जीवन बायुङ राईको निर्देशनमा आईतबार सार्वजनिक गरिएको हो ।

जीवन बायुङ राई र युन्छोना सावदेनको अभिनय रहेको भिडियोमा बिनोद याक्खाको छायांकन, युन्छोना सावदेनको मेकअप तथा चित्र मिडियाको सम्पादन र पोष्ट प्रडक्शन रहेको छ ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतनको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

भिडियो एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर