जसपा सरकारमा तत्काल नजाने - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपा सरकारमा तत्काल नजाने

पुस १९, माङसेबुङ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न पार्टीको दुई दिने राजनीतिक समिति बैठकले तत्काल सरकार बाहिरै बसेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय भएको जसपा प्रवक्ता मनिससुमनले जानकारी दिएका छन् ।

दाहाल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम हेरेर र शक्ति बाँडफाँटको आधारमा मात्रै सरकारमा जान सकिने अन्यथा बाहिरै बसेर समर्थन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको प्रवक्ता सुमनले बताए ।

निर्वाचनले खुम्चिएको जसपाले शक्ति वृद्धिको लागि राजनीतिक मुद्दा र विचार मिल्ने विभिन्न दलसँग पार्टी एकता गर्न कार्यकारिणीसमिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

त्यस्तै बैठकले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टी निर्णयविरुद्ध लाग्ने र अन्तर्घात गर्नेहरुलाई कारबाहीको सिफारिस गर्नकार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिले छानविन गरी आगामी माघ मसान्तभित्र प्रतिवेदन बुझाउने बताइएको छ ।

राजनीतिक समिति बैठकले पार्टीको विधान अधिवेशनका लागि विधान मस्यौदा गर्न केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमाविधान मस्यौदा समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, शिवलाल थापा, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी सदस्य छन् ।

सम्बन्धित खवर