दिनेशको निर्देशनमा मौसम र सुम्निमा अभिनित ‘सोमिप्मा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा मौसम र सुम्निमा अभिनित ‘सोमिप्मा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १९, माङसेबुङ । निर्देशक दिनेश माङमुको कोरियोग्राफी तथा निर्देशनमा सोल्टी र सोल्टीनीको माया प्रेम र ख्याल ठट्टा समेटिएको लिम्बू भाषाको गीत ‘सोमिप्मा’को भिडियो सार्वजनिक गरिएको छ ।

दाजु भाउजुको प्यारमा केलाङ मात्र नाँचिहिड्ने युवकले आफ्नै भाउजुको कान्छी बहिनी सोल्टीनसँगको माया प्रेम देखि विवाहसम्मको परिकल्पनामा डुबेको कथामा मौसम इम्बुङ ‘फुलेन्देको बाउ’ र सुम्निमा खापुङ लिम्बूको अभिनय रहेको ‘सोमिप्मा’को भिडियो गत मंगलबार सार्वजनिक गरिएको हो ।

गीतकार पेशल माबोहाङको शव्द तथा गायक तथा संगीतकार सेमीहाङ सिंगकको संगतिमा गायीका इन्दिरा नेम्बाङ र गायक पेपराज माबोहाङको आवाजमा सजिएको भिडियोमा कल्पना लावती(फुलेन्देको जेठी आमा), शैलेन्द्र नाल्बो र बिपना तावाको समेत अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा सागर स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा सुमन योञ्जनको छायांकन तथा ड्रोन छायांकन, कृष्ण सुबेदीको मेकअप र बिकास धमलाको सम्पादन रहेको छ ।

भिडियो गायीका इन्दिरा नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर