‘तिमी बिना’ बिमला र पुर्ण अभिनित ह्दयविदारक भिडियो सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘तिमी बिना’ बिमला र पुर्ण अभिनित ह्दयविदारक भिडियो सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस २१, माङसेबुङ । नियतीले ठगेका अभागी प्रेम जोडीको ह्दयविदारक कथा प्रस्तुत गरिएको बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित गीत ‘तिमी बिना’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

एक सुखी प्रेम जोडी दाम्पती जो पहिलो पटक आमा बुवा बन्ने क्रममा हुन्छन् तर एक्कासी दैव निष्ठुरी भईदिन्छ र सुखी दाम्पतीमा बज्रपात आईपर्छ । युवती अचानक दुर्घटनामा परेपछि आमा बन्नबाट बन्चित मात्र हुदैंनन् अन्तत मृत्यूको मुख सम्म पुग्छिन् । यसरी एकाएक सुखबाट दुखमा परिनत हुने प्रेम जोडीको कारुनिक कथा प्रस्तुत गरिएको भिडियोलाई हेमन तामाङले निर्देशन सम्पादन र कलर गरेका हुन् ।

कोशी भिजन फिल्मस्को प्रस्तुतिमा प्रेम कृष्ण बजगाईको शव्द तथा संगीतमा पुर्ण लिम्बूको आवाज रहेको गीतको भिडियोमा सुमन तामाङको छायांकन तथा ड्रोन, देवराज सिग्देलको सहायक छायांकन, महेश सिग्देलको मेकअप तथा रन्जित लवार, गोपाली नेपाली र सन्तोष तामाङको क्रिउ रहेको छ ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङमा किङग् स्टुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेका हुन् ।

कोशी भिजन फिल्मस् इटहरीको पोष्ट प्रडक्सन रहेको भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर