‘मायालु तिमीलाई’ भुपेन्द्रको निर्देशनमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असार ०९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘मायालु तिमीलाई’ भुपेन्द्रको निर्देशनमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस २३, माङसेबुङ । बालापनमा छुटिएर गएकि मायालुलाई भेट्ने दिन बालापनका यादहरुमा रुमालिएका प्रेमिको याद, सम्झना अनि बर्तमान प्रस्तुत गरिएको ‘मायालु तिमीलाई’ को म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकनमा सार्वजनिक शुक्रबार सार्वजनकि गरिएको छ ।

मायालुलाई भेट्न बालापनमा खेलेका, डुलेका, रमाएका ठाउँहरुको स्मरणगर्दै तिनै ठाउँहरुमा लुकामारी गर्दै गरेको इलामको श्रीअन्तुको मनोरम दृश्य कैद गरिएको ‘मायालु तिमीलाई’ भिडियोमा क्रिस गुरुङ, दीपाना राई र बाल कलारमा रोयल चेम्जोङ र ऐनी राईको अभिनय रहेको छ ।

मविन्द्र राईको शव्द तथा संगीतमा लोकप्रिय गायक दिपक लिम्बूको आवाजमा सजिएको गीतको संगीत संयोजन सुदीप सिङले गरेका हुन् भने एवान म्यजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरको गीतलाई किसोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शनमा दीपना राईको मेकअप, एलिन बस्नेत र किरण न्योपानेको सहायक छायंकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

भिडियो थैली इन्टरटेन्मेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर