‘गएको जोवन’ सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘गएको जोवन’ सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस २५, माङसेबुङ । लोकप्रिय गायीका सुनिता थेगिम र गायक दिनेश नाछिरिङको सुमधुर आवाजमा सजिएको साकेले सिलीको लयमा रहेको बिल्कुलै नयाँ गीत ‘गएको जोवन’ को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार हर्क साउदको शव्द तथा संगीतकार मनोज थापा मगरको संगीतमा सजिएको गीत ‘गएको जोवन’ को भिडियो सोमबार सार्वजनिक गरिएको छ ।

मनोज थापा मगरको संगीत संयोजनमा किङग् र सेवा स्टुडियोमा रेकर्ड गरिएको गीतको लिप्सिङ भिडियोलाई अनिल कटुवालले तयार पारेका हुन् ।

यस्तै अरन्या बुटिकमा छायांकन गरिएको भिडियोमा स्मृति राईको मेकअप रहेको छ ।

भिडियो म्यूजिक खिम अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर