प्रदेश १ : मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगै ३ मन्त्रीले लिए शपथ - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ : मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगै ३ मन्त्रीले लिए शपथ


पुस २५, विराटनगर । प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको शपथ लिएका छन् ।

आईतबार मुख्यमन्त्री कार्कीसँगै ३ जना विना विभागीय मन्त्रीले पनि शपथ लिएका छन् ।

मुख्यमन्त्रीको शपथ लिएपछि हिक्मतकुमार कार्कीले ३ जना मन्त्री नियुक्त गरि मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, जसपाकी निर्मला लिम्बू र राप्रपाका भक्ति सिटौलाले मन्त्रीको शपथ लिएका हुन् । उनीहरू तीनैजनाको मन्त्रालय भने तोकिएको छैन ।

मुख्यमन्त्री कार्कीसँगै ३ जन मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए ।

 

सम्बन्धित खवर