भविश्यलाई भन्दा म बर्तमानमा विश्वास गर्छु : बिमला खजुम - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भविश्यलाई भन्दा म बर्तमानमा विश्वास गर्छु : बिमला खजुम


कला ईश्वरको बरदान हो, कला पागलपन हो, कला कहिल्यै छुटाउन नसकिने नसा हो, तिनै कलारुपि नसा भित्र म आफैपनि डुवी सकेकी छु भनेर बताउने, कला क्षेत्रमानै संघर्ष गरिरहेकी, कलामै रमाईरहेकी कलाका असल पुजारी हुन्, बहु प्रतिभाशाली प्रतिभा नायिका तथा मोडल बिमला खजुमा लिम्बू ।

चर्चित नायीकाद्वय निरुता सिंह र झरना थापाको अभिनयबाट प्रेरित हुदैं १८ बर्षको उमेर देखि कलाको महासागरमा डुबुल्की मार्न थलेकी बिमला प्रेरणको मार्ग तिनै नायीकाद्वय निरुता सिंह र झरना थापालाई मान्दछिन् । सधैं आत्म विश्वास, मेहेनत र लगनशिलता भयो भने कला कला क्षेत्रमा बाँच्न सकिने तर त्यसको लागि आत्मासन्तुष्टि हुन नितान्त जरुरी रहेको बताउने बिमलाले अहिले सम्म लिम्बू र नेपाली गरेर तीन दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा अभिनय गरि सकेकी छन् ।

‘प्रेम आभाष अनि महसुस हो’ बिमलाले मुस्कुराउदै भनिन्, ‘म प्रेममा परेकि छु । आमा बुवा सँग गरिने प्रेममा परेकी छु । साथी संगी सँग गरिने प्रेममा परेकी छु ।’
‘भविश्यलाई भन्दा म बर्तमानमा विश्वास गर्छु’ नायीका बिमला भन्छिन्, ‘भविश्यस कस्ले देखेको हुन्छर, मैले पनि भविश्य कहिल्यै देखेको छैन । त्यसैले बर्तमानलाई राम्रो बनाउन चाहान्छु । बर्तमनमा बाँच्न चाहान्छु ।’ उनी भन्छिन्, ‘सायद भविश्य सँग मेरो कहिल्यै भेट हुदैन होला ।’

नेपाली कथानक चलचित्र ‘संगसंगै बाँच्न पाउँ’ बाट चलचित्रमा नायीकाको रुपमा पर्दापण गरेकी नायीका बिमला लिम्बूले हाल सम्म ‘सान‘, ‘रित’ र ‘लोजिमा’ लगायत थुप्रै नेपाली तथा लिम्बू कथानक चलचित्रमा अभिनय गरि सकेकी छन् । चलचित्र लोजिमाको भर्खरै भारतको सिक्किममा छायांकन सकेर नेपाल फर्केकी बिमलाले बेस्ट एफ. एल. ए. अवार्ड २०७८ बाट समेत बेष्ट मोडलको अवार्ड हात पारेकी छन् ।

धनकुटामा जन्मेर हाल काठमाडौंलाई कर्मथलो बनाएर काठमाडौंमै भविश्य खोजी रहेकी बिमला आफ्नो परिवारलाई भगवान ठान्दछन् । परिवारकै माया सपोर्ट र प्रेरणालेने यहाँ सम्म आईपुग्न सफल भएकी छु बताउँटिन् । अहिलेका सुपरस्टार नायक दयाहाङ राई लगायत थुप्रै कलाकारहरुसँग स्कृन सेयर गरि सकेकी उनी पछिल्लो समय एक पछि अर्को म्यूजिक भिडियो तथा चलचित्रहरुमा अभिनय गर्न व्यस्त छिन् । त्यतिमात्र नभएर थुप्रै सो हरुमा समेत काम गरी सकेकी सुनाउने बिमला जुन सुकै क्यारेक्टरलाई पनि चुनौतीका साथ निभाउन सक्ने क्षमतावान प्रतिभा हुन् । पछिल्लो समय नियतीले ठगेका अभागी प्रेम जोडीको ह्दयविदारक कथा प्रस्तुत गरिएको बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित गीत ‘तिमी बिना’ को म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।आशा गरौं नेपाली कला क्षेत्रमा बिमलाको कलाकारिता यात्रा कहिल्यै नटुङगीयोस् लुङमेन्दीङ नोनिङवा ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर