हाङ चेम्जोङको निर्देशनमा ‘पान्थर सिलौटी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा ‘पान्थर सिलौटी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस २८, माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा वियोगी काँइलाको शव्द संकलन रहेको पुर्वेली गीत ‘पान्थर सिलौटी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

पान्थरको सुन्दर नगरी सिलौटी, साधुटार, कुहिभीर, सुकेपोखरी पौवा भन्ज्याङ्, लाब्रेकुटी, तमोर माझिटार, र फिदिम बजारमा छायांकन गरिएको ‘पान्थर सिलौटी’ भिडियो सार्वजनिक गरिएको हो ।

गायीका सुनिता थेगिम र गायक कृष्णभक्त्त राईको आवाजमा सजिएको गीत ‘पान्थर सिलौटी’ को पदम मगरको संगीतमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गोमादेबि चेम्जोङको निर्माणमा निङवा नेम्बाङको कोरियोग्राफी रहेको भिडियोमा आशिस लिम्बू र नितु मादेनको अभिनय रहेको छ ।

इसाक जबेगुको छायांकन तथा सम्पादनमा सोम मग्रातीको मेकअप रहेको भिडियोमा, श्रद्धा मादेन, अलिना नेम्बाङ, नुमा नेम्बाङ, सरिना तामाङ, बिबेक हाङ्श्रोम्बा, संजोक राई, प्रकाश रम्तेल र लेञ्जो लिम्बुले समेत अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर