जनमुक्तिद्वारा संलोरामलाई औपचारिक एकताको प्रस्ताव - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनमुक्तिद्वारा संलोरामलाई औपचारिक एकताको प्रस्ताव

पुस २९, दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताकानिम्ति राष्ट्रिय जनमुक्ति पार्टीले औपचारिक पत्रचार गरेको छ ।

संलोरामका अध्यक्षलाई सम्बोधन गरि जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वालेपठाएको पत्रमा ‘विचार र सिद्धान्त मिल्ने दलहरुसँग सम्भव भएसम्म पार्टी एकतागरि अगाडि बढ्ने‘ भनि उल्लेख गरिएको छ ।

जनमुक्तिले पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको संयोजकत्वमा वार्ताकार्यदल गठन गरेको पत्रमा उल्लेख छ ।

जनमुक्तिको तर्फबाट पार्टी एकताका लागि प्रस्तावसहित पत्राचार भएकोसंलोरामका महासचिव अशोक चेम्जोङले पुष्टि गरे ।

जनमुक्तिको एकता प्रस्तावपछि पार्टीभित्र छलफल सुरु भएको चेमजोङले बताए ।

समाचार स्रोतका अनुसार पार्टीको दोस्रो पुस्ता जनमुक्तिको एकता प्रस्तावलाईस्वागत गर्नुपर्ने पक्षमा छन् भने पहिलो पुस्ताका केही शीर्ष नेता त्यसको विरुद्धमाछन् ।

लामो समयदेखि पहिचानको आन्दोलन गरिरहेका दुवै पार्टीले गत निर्वाचनमा संघर प्रदेश सभातर्फ थ्रेस होल्ड कटाउन सकेका छैनन् भने प्रत्यक्षतर्फसमेत कुनै सिट जितेका छैनन् ।

सम्बन्धित खवर