आन्छुमे नसानको निर्देशनमा ‘आनिङवाओ’ को छायांकन सम्पन्न - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आन्छुमे नसानको निर्देशनमा ‘आनिङवाओ’ को छायांकन सम्पन्न

माघ १, माङसेबुङ । सञ्चारकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको परिकल्पना तथा निर्देशनमा लिम्बू भाषाको प्रेमिल गीत ‘आनिङवाओ’ को म्यूजिक भिडियो छायांकन शनिबार सम्पन्न भएको छ ।

आन्छुमे नसानको शव्द तथा सेमिहाङ सिगंकको संगीतमा लोकप्रिय गायक सुनिता थेगिम र सिक्किमे गायक सञ्चमान ताम्लिङ लिम्बूको सुमधुर अवाजमा सजिएको गीतको छायाँकन सम्पन्न भएको भो ।

मोरङको केराबारीको सुन्दर अनि रमणिय स्थलहरुमा छायांकन गरिएको भिडियोमा निसाम तुम्बापो लिम्बू, सुनिल सेर्मा(नोसाङ सुसेली) र देउकृष्ण देवान लिंखा याक्खाको अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन, ड्रोन तथा सम्पादन, इश्वरी श्रेष्ठको मेकअप, अनिस लावतीको सह निर्देशन तथा निर्माण नियन्त्रक र सेसेहाङ सेर्माको ध्वनि नियन्त्रक रहेको छ ।

तीन दशक भन्दा अगाडीको प्रेम कथा प्रस्तुत गरिएको भिडियो किरात सेइङ अफिसियल युट्यूव च्यानलबाट माघ पहिलो हप्ता सम्ममा सम्पादनको काम सकेर सार्वजनिक गर्ने निर्देशक नसानले बताए ।

 

सम्बन्धित खवर