सोमबार शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोमबार शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने


माघ १, काठमाडौँ । काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको छ ।

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् ।

आईतबार बिहान अन्दाजी ११ः०० बजेको समयमा यति एयरको एटीआर ७२ विमान कास्की जिल्लाको पोखरा महानगरपालिका– १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

 

सम्बन्धित खवर