विश्वमा अशान्ति र महामारी नआओस् माङमा सेवा गरौं : लिङदेन आत्मानन्द सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वमा अशान्ति र महामारी नआओस् माङमा सेवा गरौं : लिङदेन आत्मानन्द सेइङ

माघ ६, माङ्सेबुङ । विश्व शान्ति तथा मानव एकताको लागि सबैले पहल गर्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । अङसीमाङले भन्नुभयो, ‘विश्वमा अशान्ति र महामारी नआओस् भनेर सबैले माङमा सेवा गरौं ।’

याक्वा सेवामा सेवा गरेर जमिनमा छरपोख गर्दा अन्नबाली सप्रिने धार्मिक विश्वास रहेको समेत अङसीमाङले बताउनु भयो । अङसीमाङले सो कुरा बिहिबार सम्पन्न सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोहको समुद्घघाटन कार्यक्रममा धन्यवाद आशीर्वचन दिनु हुँदै बताउनु भएको हो ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र किरात हाङसाम मुजोत्लुङ माङहिमको प्रागणमा प्रदेश १ का बिना विभागीय मन्त्री तिलकुमार मेन्याङबोको प्रमुख आतिथ्यमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको गरिएको हो । समुद्घाटन कार्यक्रममा विशेष अतिथि प्र्रदेश नंं १ का प्रदेश सभा सदस्य राम राना रहनु भएको थियो ।

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देव उपस्थितीमा भएको कार्यक्रममा अङ्सीमाङले धन्यवाद आशीर्वचन समेत प्रदान गर्नुभएको थियो ।

 

यसैगरी माघ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाउने गरी आयोजना गरिएको कार्यक्रम अन्तर्गत शुक्रबार आज माघ ६ गते मुहिङगुम अङसीमाङबाट विशेष माङआशीर्वचन हुने भएको छ । त्यस्तै मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक÷पुस्तिका विमोचन हुने कार्यक्रम समेत रहेको छ ।

प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ ।

 

सम्बन्धित खवर