मौसम र कृति अभिनित ‘मिक्नु मिक्किन थक्तेल्ले’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मौसम र कृति अभिनित ‘मिक्नु मिक्किन थक्तेल्ले’ सार्वजनिक(भिडियो सहित)

माघ ७, माङसेबुङ । भुपेन्द्र तुम्बाङफेको निर्देशन तथा छायांकनमा लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी तथा गीतकर आन्छुमे नसानको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायक हरि तुम्रोक लिम्बू र गायीका प्रितिका बेघाको आवाजमा सजिएको गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को भिडियो शनिबार सार्वजनिक गरिएको हो ।

मोरङको केराबारीमा छायांकन गरिएको भिडियोमा मौसम इम्बुङ(फुलेन्देको बाउ), कृति मिभक, अनिस लावती, हस्त लिबाङ लगायतको अभिनय रहेको छ ।

आँखा आँखा जुधेपछि माया बसेको प्रेमिल भावहरु समावेश गरिएको गीतको भिडियोमा एक तर्फी मन मनै मन पराएको माया प्रेममा आईपर्ने रमाईलो घटना प्रस्तुत गरिएको भिडियो गायक स्वयम्को अफिसियल युट्यूव च्यानल हरि लिम्बू अफिसियलबाट सार्वजनिक गरिएको छ ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको मुस्कान मुकारुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा अशोक मण्डलको मेकप र अनिल रानाको सन्पादन रहेको छ ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शनमा देवराज सिग्देलको सहायक छायांकन, दीपना राईको सहायक कोरियोग्राफी रहेको भिडियोमा अनिस लावती र सन्तोष राईको निर्माण नियन्त्रण रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर