सुनिता र सुजनको आवाजमा बुद्धराजको ‘सुन काटी शिरमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र सुजनको आवाजमा बुद्धराजको ‘सुन काटी शिरमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ ९, माङसेबुङ । गायीका सुनिता थेगिम र गायक सुजन आङदेम्बेको सुमधुर आवाजमा सजिएको पुर्वेली मौलिक भाकामा सजिएको रोमान्टिक गीत ‘सुन काटी शिरमा’ को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार बुद्धराज लिम्बूको शव्द तथा संगीतमा सुनिता थेगिम, सुजन आङदेम्बे, दिनेश नाछिरिङ, अनुसा राई, बिजय राई र नवीना सम्बाहाङफेको अभिनय रहेको भिडियो आईतबार सार्वजनिक गरिएको हो ।

इगल आई भीउको प्रडक्शन रहेको भिडियोलाई प्रमोद भण्डारीले तयार पारेका हुन् । भिडियोमा क्याच स्टुडियोको पोष्ट प्रडक्शन तथा स्मृति राईको मेकअप रहेको छ ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

पुर्बेली मौलिक शव्द संगीतलाई आधुनिकिकरण गर्न खोजिएको गीतको भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर