- आन्छुमे नसान
माघ १०, माङसेबुङ । गायक सुरज मादेन लिम्बू र गायीका तारा लिङदेनको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘पिपल बिना’ को भिडियो सार्वजनिक गरिएको छ ।
राज चाम्लिङको शव्द तथा संगीतमा सुरज र तारालेनै लिप्सिङ फिचरिङ गरेको गीत ‘पिपल बिना’ को भिडियो सोमबार सार्वजनिक गरिएको हो ।
पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
बिजय मगरको निर्देशनमा सनम तामाङले छायांकन तथा अर्जुन खड्काको सम्पादन रहेको भिडियो गायक सुरज मादेन लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…