सुरज मादेन लिम्बूको ‘संगै बाँचौं’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुरज मादेन लिम्बूको ‘संगै बाँचौं’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ १७, माङसेबुङ । गायक तथा संगीतकार सुरज मादेन लिम्बूको संगीत तथा सुमधुर आवाजमा सजिएको गीत ‘संगै बाँचौं’ को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार तिवांसेक विजय लावती लिम्बूको शव्दमा भगिराज राईको निर्देशन तथा दिनेश माङमुको कोरियोग्राफी रहेको गीत ‘संगै बाँचौं’ को भिडियो आईतबार सार्वजनिक गरिएको हो ।

तिवांसेक विजय लावती लिम्बूको प्रस्तुतिमा सुबास लिम्बूको छायांकन तथा ड्रोन, पदम तामाङको मेकअप र अनिल रानाको सम्पादन रहेको भिडियोमा सुजन मगर, आशिका मगर, सुरेश मगर र खुशी राईको अभिनय रहेको छ ।

लुमन स्थापितको संगीत संयोजनमा डि स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ दिनेश श्रेष्ठले गरेका हुन् ।

त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको प्रेम, रोमान्स, बिछोड र पिडाले भरिएको भिडियो गायक तथा संगीतकार सुरज मादेन लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर