पत्रमित्रताबाट सुरु भएको प्रेम कथा ‘आनिङवाओ युङने’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रमित्रताबाट सुरु भएको प्रेम कथा ‘आनिङवाओ युङने’ सार्वजनिक(भिडियो सहित)

माघ २१, माङसेबुङ । पत्रमित्रताबाट सुरु भएको सम्बन्ध प्रेमपत्र हुदैं माया प्रेममा परिनत भएर विवाह सम्म पुगेको तीन दशक भन्दा अगाडीको टिपिकल प्रेम कथा प्रस्तुत गरिएको लिम्बू भाषाको प्रेमिल गीत ‘आनिङवाओ युङने’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको शव्द, परिकल्पना तथा निर्देशनमा गायक तथा संगीतकार सेमिहाङ सिगंकको संगीतमा लोकप्रिय गायीका सुनिता थेगिम र सिक्किमका लोकप्रिय गायक सञ्चमान ताम्लिङ लिम्बूको सुमधुर अवाजमा सजिएको गीत ‘आनिङवाओ युङने’ को म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो ।

मोरङ केराबारीको सुन्दर अनि रमणिय स्थलहरुमा छायांकन गरिएको भिडियोमा नायीका तथा मोडल निसाम तुम्बापो लिम्बू, कलाकार सुनिल सेर्मा(नोसाङ सुसेली) र निर्देशक तथा कलाकार देउकृष्ण देवान लिंखा याक्खाको अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन, ड्रोन तथा सम्पादन, इश्वरी श्रेष्ठको मेकअप, अनिस लावतीको सह निर्देशन तथा निर्माण नियन्त्रण र सेसेहाङ सेर्माको ध्वनि नियन्त्रण रहेको छ ।

आधा दशक अघिनै सार्वजनिक गरिएको पुर्वि नेपाल लगायत भारतको सिक्किममा औधि रुचाईको गीतको भिडियो ‘किरात सेइङ’ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर