मेलिना र नरेशको ‘उडी उडी चुप्पा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेलिना र नरेशको ‘उडी उडी चुप्पा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ २३, माङसेबुङ । लोकप्रिय गायीका मेलिना राई तथा लोकप्रिय गायक नेरेश लिङदेनको आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘उडी उडी चुप्पा’को भिडियो सार्वजनिक गरिएको छ ।

पदम साधना कुलुङको शव्द, रिमेश कुमारको संगीतमा ‘द कार्टुन्ज क्रिउ’ धमाकेदार नृत्य रहेको गीत ‘उडी उडी चुप्पा’को भिडियो ‘द कार्टुन्ज क्रिउ’को अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सरोज अधिकारीको निर्देशन रहेको भिडियोमा ‘द कार्टुन्ज क्रिउ’का आश्मा विश्वकर्म, सरोज अधिकारी, बिजय अधिकारी(बन्नी), पेम्बा मगर, सन्देश थापा(चार्ली)को नृत्य रहेको छ ।

आश्मा विश्वकर्म र सरोज अधिकारीको कोरियोग्राफीमा द कार्टुन्ज क्रिउ जुनियर, द कार्टुन्ज क्रिउ न्यू जेनेरेशनको समेत नत्य रहेको भिडियोको छायांकन नवराज उप्रेती, मेकअप सुबास तिमल्सिना, सम्पादन सरोज अधिकारी र कलर सुप्रिम पराजुलीको रहेको छ ।

कुशल सिंको संगीत संयोजनमा, थ्री एस. स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ कुशल थापा र नरेश बिबिसिले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ साजन साहले गरेका हुन् ।

भिडियो हेर्नुहोस..

सम्बन्धित खवर