पवित्रहाङमा कप आजबाट सुरु, माङसेबुङ र मिक्लाजुङ भिड्दै - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप आजबाट सुरु, माङसेबुङ र मिक्लाजुङ भिड्दै

माघ २३, माङसेबुङ । किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ आज सोमबारबाट सुरु हुदैंछ ।

नेपाल फुटबल संघका केन्द्रिय सदस्य पेमा लामा प्रमुख आतिथ्यमा सुरु हुने प्रतियोतिताको उद्घाटन खेलमा आयोजक टिम माङसेबुङ गाउँपालिका इलाम र नवदीप युवा क्लब मिक्लाजुङ मोरङबीच हुनेछ ।

उद्घाटनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देव उपस्थित रहने आयोजक समितिका अध्यक्ष मन प्रसाद आङबुहाङले बताए ।

खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, कर्णसिं सोनाम एफ.सि. ताप्लेजुङ, कन्काई नगर खेलकुद विकास समिति झापा रहेका छन् । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी, गाइघाट फुटबल क्लब उदयपुर, एफ.एफ.सि. दार्जिलिङ भारत, जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, घनकुटा जिल्ला फुटबल संघ र नवदीप युवा क्लब मिक्लाजुङ मोरङ रहेका छन् ।

खेलका विजेताले नगद दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । खेल फागुन ३ गने सम्म प्रस्तावित आत्मानन्द रंगशाला संचालन हुनेछ ।

सम्बन्धित खवर