भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ २३, माङसेबुङ । लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को अपार सफलता पछि लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र लोकप्रिय गायीका सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

भुपेन्द्र तुम्बाहाङफेको छायांकन, परिकल्पना तथा निर्देशनमा रेखा लिम्बू, सेमिहाङ सिंगक, प्रेम सुब्बा, मौसम इम्बुङ(फुलेन्देको बाउ), सोना सिंगक र पञ्च लावतीको अभिनय रहेको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो काठमाडौंमा अवस्थित मण्डला थिएटरमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको हो ।

मन पराएको मायालुलाई मनभरि सपना बुन्दै परदेशबाट सम्झेर लिन आउदै गर्दा तिनै मायालुको विवाह हुदैं गरेको दृश्य देखेर बिरक्तिएको प्रेमिको कथा प्रस्तुत गरिएको भिडियोमा हरि इवाहाङको सहायक निर्देशन, अनिस सुब्बा र सन्तोष राईको आर्ट प्रडक्शन, सोयाश्री बज्रचार्यको मेकअप, अनिल रानाको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।

देबेश राईको संगीत संयोजनमा स्टुडियो ए वान म्यूजिसियनमा राजेश श्रेष्ठले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो गायक तथा संगीतकार सेमिहाङ सिंगकको अफिसियल युट्यूव च्यानल सेमिहाङ क्रिएशनबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर