शशिको ‘नुमा’ शाहिल र ताराको आवाजमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शशिको ‘नुमा’ शाहिल र ताराको आवाजमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ २३, माङसेबुङ । गायक शाहिल लिम्बू र गायीका तारा लिङ्देनको सुमधुर आवाजमा सजिएको गीत ‘नुमा’ को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार शशि गुरुङको शब्द तथा संगीतमा सुनिता संयक लिम्बू र बिक्रम राईको कोरस आवाज रहेको गीत रहेको गीत ‘नुमा’ को भिडियामा चन्द्र लिम्बूको निर्देशन, छायांकन, ड्रोन तथा सम्पादन रहेको छ ।

पदम तामाङको मेकअपमा प्रेमिल रोमान्टिक शव्दभावहरु बुनेर तयार पारिएको रोमान्टिक भिडियोमा शाहिल र ताराले नै लिप्सिङ सहितको अभिनय गरेका छन् ।

विसम आचार्यको संगीत संयोजनमा प्रिथक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ विसम आचार्यलेनै गरेका छन् ।

लिम्बू भाषा, कला संस्कृति पालाम र हाक्पारेको मिश्रण लोक भाका प्रस्तुत गरिएको प्रिथक शैलिमा तयार पारिएको गीत र भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर