एम.के., सुनिता र गनेश अभिनित ‘पिच्चाक पिन्नाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, चैत ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एम.के., सुनिता र गनेश अभिनित ‘पिच्चाक पिन्नाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ २६, माङसेबुङ । गनेश के. लिम्बूको निर्देशनमा एम.के. योङहाङ(चाप्पेतीको बाउ), सुनिता चेम्जोङ(तिनघरे कान्छी) र गणेश के. लिम्बू(लाइटरे कान्छा) अभिनित पुरानो लिम्बू भाषाको कमेडी गीत ‘पिच्चाक पिन्नाङ’ को नयाँ भर्जन सार्वजनिक गरिएको छ ।

गीतकार तथा गायक यासेली योङहाङको शव्द र गायक तथा संगीतकार धनबीर साँवाको संगीतमा धनवीर साँवा र यासेली योङहाङको आवाजमा सजिएको कमेडी गीत ‘पिच्चाक पिन्नाङ’ को नयाँ भर्जन बुधबार सार्वजनिक गरिएको हो ।

बाल माया सेर्माको निर्माणमा हाँस्य रसमा तयार पारिएको भिडियोमा बाल के. लिम्बूको छायांकन तथा टि.आर.को सम्पादन रशेको छ ।

धेरै बर्ष अघि नै चर्चा बटुलेको गीत भिडियो जि.बि.जि.एम.एस.बि. रेकर्डस् अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर