मुहिङगुम अङसीमामाङ ६७ औं शुभ जन्मोत्सव समारोहको तयारी पूरा - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुहिङगुम अङसीमामाङ ६७ औं शुभ जन्मोत्सव समारोहको तयारी पूरा

फागुन २, माङसेबुङ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा तय गरिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

समारोहका अध्यक्ष योङहाङका अनुसार हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने जन्मोत्सवमा यस वर्ष प्रमुख अतिथि प्रदेश नं. १ का स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू रहनु भएकी छन् ।

भोली (बुधबार) १० बजे पवित्रहाङमा कपको फाइनल खेल सञ्चालन हुने जनाइएको छ । फाइनलमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङ र एम.एफ.सी.दार्जिलिङ भारत बीच हुने खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जनाएको छ । सो खेल समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सहरी विकास मन्त्री दुर्गा चापागाई आउनु हुने भएको छ ।

यसैगरी साँझ सावायेहाङ नोमाङगेन्ना सेवासँगै नाहेन लाक्मा हुने बृहत सांस्कृतिक कार्यक्रम अन्तर्गत फक्ताङलुङ आइडल तृसना नेम्बाङको साथमा किरात केन्द्रीय कलाकारहरुको विशेष प्रस्तुति रहने समारोहको सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताए ।

बुधबारनै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद पत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन कार्यक्रम हुने छ ।

अङसीमाङको जन्मोत्सव कार्यक्रमलाई व्यापक रुपमा सम्पन्न पार्न विगतका वर्ष झै यस वर्ष पनि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम सह अध्यक्ष रहने गरी मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६७ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह मूल आयोजक समिति गठन गरिएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६७ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवालाई सावायेहाङ किरातहरुको नुमाङगेन्ना सेवाको रुपमा मान्दै आइरहेको मूल आयोजक समितिका अध्यक्ष तथा माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

माङगेन्ना समितिका अध्यक्ष योङहाङका अनुसार यसरी हरेक वर्ष फागुन ३ र ४ गते किरातीहरुको केन्द्रीय धार्मिक तीर्थस्थल इलामको माङसेबुङमा भव्य ढंगले किरात धर्मावलम्बीहरुले अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्मोत्सव मनाउँदै आएका छन् । यसरी मनाइँदै आइएको जन्मोत्सवमा यस वर्ष पान्थरको यासोकमा आयोजना गरिएको सप्ताहव्यापी किरात सावायेहाङ आप्लुङगेन ताप्फेक सेवाले गर्दा एक दिन मात्र हुने समारोहले जनाएको छ ।

माङसेबुङमा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको विश्वको विभिन्न मुलुकहरुमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६७ औं शुभजन्मोत्सव भव्यताका साथ मनाउने तयारी भइरहेको समारोह अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६९ औं शुभजन्मोत्सवको अवसरमा विगतका वर्ष झै विश्व शान्ति मानव एकताको निमित्त येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको छ ।

सम्बन्धित खवर