दिनेशको निर्देशनमा संगम र कौशिलाको ‘आखुम आखुम’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा संगम र कौशिलाको ‘आखुम आखुम’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ ४, माङसेबुङ । दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा प्रतिभावान गायक संगम लिम्बू तथा आशा लाग्दो गायीका कौशिला लिम्बूको आवाजमा सजिएको रोमान्सले भरिएको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ ।

नयाँ क्रिएशन र नयाँपनका गीतहरु कोर्न माहिर संगम लिम्बूकै शव्द तथा चर्चीत संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गीत ‘आखुम आखुम’ को म्युजिक भिडियो संगम लिम्बू अफिसियल य्ट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुमन तामाङको छायांकन तथा ड्रोनमा कृष्ण सुबेदीको मेकअप, गोपाल दर्जीको सहायक छायांकन, निश्चल कुलुङ राईको आर्ट र अनिल रानाको सम्पादन रहेको भिडियोमा बिमला खजुम लिम्बू र आशिस लिम्बूको अभिनय रहेको छ ।

सविन लिम्बूको संगीत संयोजनमा अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन भएको गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर