भुपेन्द्रको निर्देशनमा कञ्चनको ‘यो मौसम बेइमानी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको निर्देशनमा कञ्चनको ‘यो मौसम बेइमानी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ ३, माङसेबुङ । गायक कञ्चन थलङको शव्द, संगीत तथा आवाजमा सजिएको गित ‘यो मौसम बेइमानी’ को फिमेल भर्जन गायिका मेलिना राईको आवाजमा सार्वजनिक गरिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन तथा छायांकनमा एलिशा राई, कञ्चन थलङ र प्रतिक्षा लिम्बूको अभिनय रहेको गित ‘यो मौसम बेइमानी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कञ्चन थलङको कथा एलिशा राईको परिकल्पनामा अशोक मण्डलको मेकअप, भोगेन्द्र याम्फुको आर्ट प्रडक्शन, रेनिश फागोको कलर र अनिल रानाको सम्पादन रहेको भिडियोमा बालकलाकारहरु मिनयाङसाङसा राई, मिमोसा राई र याङमीन राईको समेत अभिनय रहेको छ ।

सञ्जीव सुब्बाको संगीत संयोजनमा ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो गायक कञ्चन थलङ लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर