बिक्रमको निर्देशनमा अनिस र बिम्बु अभिनित ‘इक्सा खाम्बेक’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रमको निर्देशनमा अनिस र बिम्बु अभिनित ‘इक्सा खाम्बेक’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन ४, माङसेबुङ । रंगकर्मी तथा निर्देशक बिक्रम वनेम फागोको निर्देशनमा अनिस लावती सिङजाङ बिम्बु मगर र रुक्साना लिम्बूद्वारा अभिनित लिम्बू भाषाको गीत ‘इक्सा खाम्बेक’ सार्वजनिक गरिएको छ ।

इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा छायांकन गरिएको किरात धर्म कर्म संस्कार र संस्कृतिको उजागर गरिएको ढुङगा र माटोसँगै उत्पति भएको भूमिपुत्र किरातीहरुको कथा बोकेको किरात भक्ति भजन गीत ‘इक्सा खाम्बेक’को भिडियो बुधबार सार्वजनिक गरिएको हो ।

गीतकार योगेश लावतीको शव्द गायक ताथा संगीत लेखनाथ चेम्जोङको संगीत तथा संगीत संयोजनमा सजिएको गीतमा लेखनाथ चेम्जोङ र गायीका मोनिका लोहोरुङको सुमधुर आवाज रहेको छ ।

हिमेस खेसाङको निर्माणमा सुजन श्रेष्ठको छायांकन, ड्रोन, सम्पादन तथा कलर र इश्वरी श्रेष्ठको मेकअप रहेको भिडियो एचएम स्टुडियो(युएस) युट्यूव च्यानलबाट सार्वजनि गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर