लोकेनको निर्देशनमा सुन्दर र लक्ष्मी अभिनित 'गाई चर्ने' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेनको निर्देशनमा सुन्दर र लक्ष्मी अभिनित ‘गाई चर्ने’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

फागुन १५, माङसेबुङ । निर्देशक लोकेन साम्बा लिम्बूको निर्देशनमा सुन्दर खवास र लक्ष्मी योङहाङ लिम्बूद्वारा अभिनित लोक गीत ‘गाई चर्ने’ को भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार कल्पना आङबुहाङको शब्दमा गायक कृ्ष्णभक्त राई र गायीका सुनिता थेगिम लिम्बुको सुमधुर आवाजमा रहेको लोकगीत ‘गाई चर्ने’ को भिडियो सार्वजनिक गरिएको हो ।

छबि थापा मगर र बिन्द्र राईको कोरियोग्राफीमा अनिता ग्वाछाको मेकअप, उत्सब दाहालको छायांकन रहेको भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ ।


कृ्ष्णभक्त राईको संगीत तथा संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

सुबास चन्द्र राईको निर्माणमा बनेको भिडियो मेरि आमा युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…                                     

सम्बन्धित खवर