कोशी प्रदेश नाम खारेजीको माग गर्दै माङसेबुङ गाउँपालिकामा तालाबन्दी - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोशी प्रदेश नाम खारेजीको माग गर्दै माङसेबुङ गाउँपालिकामा तालाबन्दी

फागुन २६, माङसेबुङ । ‘कोशी’ प्रदेश नाम खारेजीको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले माङ्सेबुङ गाउँपालिकाको कार्यालय र चारवटा वडा कार्यालयमा तालाबन्दी लगाएको छ ।


शुक्रबार आन्दोलनकारीले पालिका र वडाहरुमा कालो झन्डा गाडेर तालाबन्दी लगाएको हो ।


आन्दोलनकारीले गाउँकार्यपालिकाको कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

पालिका तालाबन्दी गरिसके पछि कोणसभा गरिएको थियो।


कोणसभालाई स्वतन्त्र नागरिक समुहका संयोजक आङबुहाङ अबोध अविरलले सम्बोधन गरेका थिए ।

यसैगरी वडा नम्बर ६ तालाबन्दी पश्चात चिसोपानी पन्चमि बजारमा कोणसभा सम्पन्न गरिएको थियोे ।


कोणसभालाई नेकपा एमाले निकट युवा नेता टेकहाङ सङमी लिम्बू र जनता समाजवादी माङ्सेबुङ अध्यक्ष किसन खजुम लगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।

गत १७ फागुनमा प्रदेश सभाले प्रदेशको नाम कोशी नामाकरण गरेसँगै प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै विभिन्न राजनीतिक दल र सामाजिक,जातीय संघसंस्था प्रदेश नामाकरणविरुद्ध आन्दोलित भएका छन् ।

 

सम्बन्धित खवर