राजेश पायल र सबिनाको 'बस्ला कि माया पिरती' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश पायल र सबिनाको ‘बस्ला कि माया पिरती’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन ३०, काठमाडौं । गायक राजेश पायल राई र गायीका सबिना योङहाङ लिम्बूको आवाजमा सजिएको पुर्बेली गीत ‘बस्ला कि माया पिरती’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार रोशन यक्सोको शव्द तथा संगीतकार साक्थिम योङयाको संगीतमा एलिस राई र बिमला खजुम लिम्बूको अभिनयमा पुर्बेली गीत ‘बस्ला कि माया पिरती’ भिडियो सार्वजनिक गरिएको हो ।


प्रकाश आङबुहाङ(हाङ बारे) को निर्माण तथा निम बाबु तामाङको कोरियोग्राफिमा तयार पारिएको भिडियोमा सञ्जु थलङको मेकअप र इसाक जबेगुको छायांकन तथा सम्पादन रहेको छ ।

चन्दु गोर्खालीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङमा जापान नौह स्टुडियोमा सुदन राईले रेकर्ड गरेको गीतको भिडियो जि मिडिया कनेक्शन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर