- आन्छुमे नसान
फागुन ३०, काठमाडौं । पुर्ण बहादुर सावा लिम्बु र मिनु मादेम्बा लिम्बूद्वारा अभिनित पुर्बेली लोकभाकामा सजिएको गीत ‘घुम्तीमा बिसौनी’ भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार गगन प्रकाश लावती लिम्बूको शव्द तथा संगीतमा गायक देश थलङ लिम्बू र गायीका रोसना सावा लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्बेली गीत ‘घुम्तीमा बिसौनी’ भिडियो सार्वजनिक गरिएको हो ।
रोशन बिश्वकर्मको निर्देशनमा सुरेन ठकुरीको मेकअप रहेको भिडियोमा दिपेन बस्नेतको छायांकन तथा सम्पादन रहेको छ ।
राजु कार्कीको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेकोे गीतको भिडियोमा छायाम चेम्जोङ, सुरज लिम्बु, प्रतिमा तामाङ र क्रिष्टिना थापाको समेत अभिनय रहेको छ ।
इगल आई भ्युको प्रडक्शन रहेको भिडियो एएमजी अनलाइन टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…