राजेश र सीताको याक्खा जातिको संस्कृतिमा आधारित भिडियो 'जेप्पा' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश र सीताको याक्खा जातिको संस्कृतिमा आधारित भिडियो ‘जेप्पा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन ३०, काठमाडौं । गायक राजेश पायल राई र गायीका सीता सिंगक लिम्बूको आवाजमा याक्खा जातीको भाषा तथा संस्कृतीमा आधारित गीत ‘जेप्पा’ (वाचा/कसम) को याक्खा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

आइतबार मण्डला थिएटरमा प्राज्ञ राजन मुकारुङको प्रमुख आतिथ्ययतामा तथा चर्चित अभिनेता दयाहाङ राईको आातिथ्यमा अफिसियल प्रिमियर शो संगै ओ.एस.आर. डिजिटल युट्युब च्यानल मार्फत एकसाथ सार्वजनिक गरिएको हो ।


भिडियो सार्वजनिक कार्यक्रममा भिडियोकी मोडल अनुशा राई, गीतकार हेनसेन याक्खा, युवा निर्देशक सनम याक्खा, सिनेम्याटोग्राफर भोगेन्द्र याम्फु, किरात याक्खा छुम्माका केन्द्रिय अध्यक्ष लिल बहादुर रोगु, आदिवासी जनजाति चलचित्र प्रदेश नं.१ का अध्यक्ष ज्योति राज राई लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सनम याक्खाको निर्देशन, सम्पादन तथा कलरमा टिबी याक्खा, अनुसा राई, हेनसेन याक्खा र जीवन याक्खाको अभिनय रहेको भिडियोमा भगेन्द्र याम्फुको छायांकन तथा सहायक निर्देशन र देवराज सिग्देलको सहायक छायांकन रहेको छ ।


सपना राईको कोरियोग्राफीमा, अशोक मण्डलको मेकअप तथा बिक्रम याम्फुको ड्रोन रहेको गीतको संगीत संयोजन भिसम आचार्यले गरेका हुन् ।

हेनसेन याक्खाको शब्द तथा राजन मुकारुङको संगीतमा सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङ र योगेन मुकारुङले रेकर्ड गरेको गीतको मिक्सिङ मुस्कान मुकारुङले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर